India: Education In Mother-Tongue Is The Key

Kiran Rao Batni at Karnatique opines that innovation in mother-tongue education is the need of the hour in India and explains why.

7 comments

  • babu

    unable to see the original post

  • bishnu prasad gautam

    Matako dudh sisulai siksha matribhasama,
    prabhav parchh sristilai prakashko gatima.

    What mother’s milk is to baby,
    mother tongue is to education.

  • visvadev

    matri bhasa me siksha nadena suksma gatima se das banana

  • Bishnu Prasad Gautam

    मातृभाषामा शिक्षा

    माताको दूध शिशुलाई शिक्षा मातृभाषामा,
    प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।

    यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले बिगत ५ वर्ष देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।

    जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।

    प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।

    विकासको क्रममा महत्त्वभन्दा वस्तुको कारोबारले त्यसको अवस्था निर्धारण गर्छ । जुन वस्तुको कारोबार बढी हुन्छ, संसारमा त्यसैको अवस्था बलियो हुन्छ । संसारमा अंगे्रजी भाषाको कारोबार धैरै हुन्छ त्यसैले कारोबार नहुने मातृभाषामा पढेर के फाइदा ? हामीले पनि सुरुदेखि नै अंग्रजी भाषामा नानीहरूलाई शिक्षा दिने व्यवस्था मिलाएका छौं । हाम्रा ठूलाठूला विद्यालयमा एउटा नेपाली विषयबाहेक सवै विषय अंगे्रजी माध्यममा पढाइन्छ । अझ कतिपय विद्यालयमा त ‘इङ्गलिस स्पिकिङ्ग जोन’ भनेर मातृभाषामा प्रतिबन्ध लगाउने गरेको पनि पाइन्छ । अंग्रेजी भाषा जीवन जिउनका लागि महत्त्वपूर्णमात्र होइन अनिवार्य पनि भइसकेको छ ।

    संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।

    माधव गौतम

    matri bhashama siksha dida balak ka sath sathai ama baba r samasta samaj nai prakashko gatima susampanna banna sakchhan. Matri bhasama siksha nadida manis suksma gatima das banna pugdachhan.

  • visvadev

    sarva siksha matri bhasama

  • roshni

    susampannatako lagi sarva shiksha matri bhasama.

Cancel this reply

Join the conversation -> bishnu prasad gautam

Authors, please log in »

Guidelines

  • All comments are reviewed by a moderator. Do not submit your comment more than once or it may be identified as spam.
  • Please treat others with respect. Comments containing hate speech, obscenity, and personal attacks will not be approved.